सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • राजनिती
    • समाचार
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • विचार
      • आर्थिक
      • समाज
    • English

थ्रीस्टारद्वारा एनआरटी पराजित, च्यासलमाथि पुलिसको जित

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डमा सोमबार भएको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिन्सले गोल गरे ।

 

पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको एनआरटीले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । खेलको ७४ औं मिनेटमा रञ्जितले पेनाल्टीबाट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको अतिरिक्त समयमा अजयी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई २–० गोलको जित दिलाएका हुन् ।

जितपछि थ्रीस्टारले चार खेलबाट तीन खेलमा जित र एक खेलमा पराजित हुदै ९ अंक बनाएको छ । यता पराजित एनआरटी भने चार खेलबाट तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक बनाएको छ ।

पुलिसलाई तीन अंक

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा एक गोल गरेको पुलिसले दोस्रो हाफमा थप एक गोल गर्दै जीत हात पारेको हो ।

पुलिसका लागि खेलको ४० औं मिनेटमा रवि पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८९औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई २–० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै पुलिसले चार खेलबाट दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै ७ अंक बनाएको छ । यता, पराजित च्यासलको भने चार खेलबाट एक खेलमा जीत दुई खेलमा पराजित र एक खेलमा बराबरीसहित ४ अंक नै रहेको छ ।

 

copy by onlinekhabar.com

तपाइँको प्रतिक्रिया

संबन्धित समाचारहरु

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो
२७ वर्षीय समीरको मृत्यु भक्तपुरमा टिप्परले ठक्कर दिँदा

--> हेर्नुहो’स भाइ’रल जोडी पुजाको ५ बर्षको छोरा , बि’चरा ! भक्कानिदै भने आमा बुबा दुवैले छो’डेर गए

Facebook

खुल्दुली दोहोरी घर – Khulduli Dohori Ghar




ताजा अपडेट

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो

गुल्मिको इश्मा गाउँबाट कुल पुजाको लागि चढेको कार्कि परिवारको बस बागलुङ्को बडिगाड ७ मा...

२७ वर्षीय समीरको मृत्यु भक्तपुरमा टिप्परले ठक्कर दिँदा

मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर...

  • हेर्नुहो’स भाइ’रल जोडी पुजाको ५ बर्षको छोरा , बि’चरा ! भक्कानिदै भने आमा बुबा दुवैले छो’डेर गए
  • [शेयर गरौँ] काठमाडौमा ग्यासको भी’षण वि’ष्फोट : यसरी चेक नगरे हरेकलाई ख’तरामा
  • यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की सबै सौपी दिने महान चेली
  • नुवाकोटमा यस्तो सम्म भयो

-->
©  2018 Khulduli Khabar  |  All rights reserved

 Website By :  nTech.