एक लाख रुपैयाँ घुस लिँदालिँदै सहसचिव पौडेल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत  ११ औं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।   डा पौडेलले  लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको अख्तियारले जनाएको छ । डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।   भिडियो हेर्नुहोस...

उड्डयन प्राधिकरण नटुक्र्याएसम्म युरोपमा प्रतिवन्धको जोखिम !

१५ मंसिर, काठमाडौं । नेपाली एयरलाइन्सहरु यो पटक पनि युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटेनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको दावीलाई मान्ने हो भने ईयूले प्रतिवद्धताअनुसार नेपालमै आएर हवाई सुरक्षा अवस्थाको मूल्यांकन नगर्दा यो अवस्था दोहोरिएको हो । तर, ईयूको मूल चासो नियामक र सञ्चालकका रुपमा प्राधिकरणले कहिलेसम्म काम गरिरहन्छ भन्ने हो । प्राधिकरणलाई नटुक्र्याएसम्म नेपाल ईयूको कालोसूचीमै कायमै रहने जोखिम देखिएको छ । ईयूको कालोसूचीमै कायम रहेपछि नयाँ विमान भित्र्याएर...

पूर्वमन्त्रीसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ

१५ मंसिर, काठमाडौं । पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ । सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने कामा गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अचियानमा सक्रिय रहेको सन्देश दिएको उसको आरोप छ । साथै आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा...

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी  पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ । हामीले नगरेको कसूरको सजाय भोग्नु...

पेटमा बाँधेर हतियारको तस्करी, ‘सुरक्षा गार्ड’ पक्राउ

१० मंसिर, मोरङ । विराटनगरका दुई युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार विराटनगर बसपार्कबाट पक्राउ परेका दुई युवकले पेटमा लागु औषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) सहितको टोलीले शनिवार साझ विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरीलाई पेटमा लागु औषध सँगै हतियार टेपले बाधेर ल्याउदै गर्दा पक्राउ गरेको थियो । पक्राउ...

यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर !

१० मंसिर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ । संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर छँदै छ, त्यही न्यायको लडाइँमा लागिरहेका श्रीमान यज्ञराजको स्वास्थ्य बिग्रिएपछि दुर्गादेवीलाई पीरमाथि पीर थपिएको छ...