थ्रीस्टारद्वारा एनआरटी पराजित, च्यासलमाथि पुलिसको जित

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डमा सोमबार भएको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले जित हात पारेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिन्सले गोल गरे ।   पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको एनआरटीले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । खेलको...